पार्टी एकतामा प्रचण्डले इमान्दारिता नदखेखाउँदा विभाजनः ओली

काठमाडौँ, १० असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारिता देखाउन नसक्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको बताएका छन् ।

आज एमाले कार्यालय च्यासलमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एकताप्रति प्रचण्डले इमान्दारिता देखाउन नसक्दा कम्युनिस्ट पार्टी विभाजन भएको र आफूले कसैलाई पार्टीबाट ननिकालेको बताए ।

पार्टीबाट आफूलाई निष्कासन गरेर पार्टी कब्जा गरेर प्रतिक्रियावादीको सेवामा अर्पण गर्ने काम प्रचण्डले गरेपनि पार्टीलाई जोगाएको ओलीले बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com