तीन बोरा धान बेचेर काठामाण्डौ छिरेका प्रकास ज्ञवाली पश्मिनामा चम्किदै

निरन्तर परिश्रम, काम प्रतिको लगन भयो भने मान्छेले देखेको सपना पूरा हुन्छ भन्छन–प्रकाश ज्ञवाली । पश्मिना व्यवसायी ज्ञवाली कामको खोजीमा बुटवलबाट तीन बोरा धान बेचर काठमाण्डौ छिरेका थिए । काठमाण्डौ भित्रिदा उनीसंग त्यही धान बचेको थारै रकम मात्रै थियो गोजीमा ।

तर, आज समयमात्रै फेरीएको छैन, समयसंगै उनका धेरै कुरा फेरिएको छ । प्रकाश डेरावालाबाट घरवाला मात्रै भएको छैनन्, उनी आज एउटा स्थापित पश्मिना व्यवासायीका रुपमा पश्मिना व्यवसायीहरु माझ परिचित छन् । राजधानीका ठूला – ठूला अर्पारमेटमा मात्रै होइन, देशका प्रमुख शहरहरुमा उनको व्यावसाय फैलिएको छ । तर, उनको रहनसहन,सरल र सहज छ ।

सामान्य नेपाली सरहको उनको जीवनशैलीले उनी एक स्थापित पश्मिना व्यवसायी हुन भन्ने कुरा उनलाई पहिलो पल्ट देख्दा जो कोहीले अड्कल काट्न सक्दैन् । यो ठाउँसम्म आफ्नो व्यवसायलाई उनले सजिलै ल्याएका भने होइनन, थूप्रै प्रकारका चुनौति र अप्ठ्यारो परिस्थितिको सामाना गर्दै यहाँ सम्म आएका हुन् ।

सिम्लिसिटीमा रमाउने र तडकभडक भन्दा परै बस्न मन पराउने ज्ञवाली कामलाई पूँजा ठान्छन् । उनी मात्रै होइन, उनको श्रीमती पनि आफ्नो पेशा –व्यवासायमा रमाउने र आफै पनि निरत्तर काम लागि रहने भएकै कारण व्यवसाय स्थापित गर्नमा धेरै सहायोग मिलेको प्रकाशले खुलाए ।
विस २०२३ जेठ २२ गते गुल्मी जिल्लाको दौघामा जन्मिएका ज्ञवालीले माध्यामिक तहसम्मको शिक्षा गाउँमा नै अध्ययन गरेका थिए ,भने उनी उच्च शिक्षाका लागि बुटवल झरेका थिए । बुटवलमा आईएल सम्म अध्ययन गरेका ज्ञवालीको एक श्रीमती र दुई छोराछोरी छन । र ,दुबैले मेडिकल शिक्षा पढिरहेका छन् ।

०४८ सालतिर कामको खोजीमा काठमाण्डौ छिmरेका उनले शूरुमा गलैचाको काम गरे । अरुको गलैचामा काम गर्दै जाँदा विस्तारै पश्मिनाको काममा चाख बढ्दै गयो । र,पछि यसैमा अव्यस्त भयो भन्ने ज्ञवालीले पश्मिना व्यवसायको कामको शूरुवाती दिनका बारे यसरी वताए– पश्मिना व्यवसायमा हात हाल्ने बेलामा मसंग जम्मा –जम्मी १ लास रुपिया थियो । त्यसबाट ८५ हजारमा हिरोहोण्डा किने । बचेको १५ हजारले पश्मिनाको कामका लागि भनेर डेक्ची किने । डेक्ची किने पछि पहिले–पहिले अरुको काम लिए । पछि विस्तारै आफैले धागो खरिद गरेर पश्मिनाको काम शूरु गरे जो अहिले सम्म गरिरहेको छु । कुनै पनि काम गर्दा उत्तरचढाव आउने वताउँदै उनले भने–मैले थालनी गरेको व्यवसायमा पनि उत्तरचढाव नआएका होइनन् ।

तर, जस्तो सुकै व्यवधान र अप्ठ्याराहरुलाई पनि मैले बडो धैर्यताका साथ चिर्दै गए । व्यवसायीहरु माझ सम्बन्ध र सम्पर्कहरु बढाउँदै गए । र , आज यो ठाउँमा आईपुगेको छु । अझै व्यवासाय विस्तारका लागि धेरै काम गर्नु छ । समय वलवान छ । त्यसोत पश्मिनाको व्यवसायमा आउनु भन्दा अघि भूमिसुधार र खानेपानीमा पनि दुई–दुई वर्ष जागीर खाएको उनले सुनाए ।

जागीरमा न त रम्न सकियो, न त जम्न नै । त्यसैले काठमाण्डौ आइयो । काठमाण्डौ आएपछि कामको खोजीले गलैचासम्म पु¥यो । गलैचा खेतीको केही वर्षको अनुभवले पश्मिनाको काम गर्न सजिलो भयो–उनले भने । शूरुका समय कान्छो भाईले सघाएको भए पनि लामो समयदेखि आफ्नै नेतृत्वमा पश्मिनाको व्यवसाय सञ्चालन हुँदै आएको उनले वताए ।

पहिले –पहिले विदेशमा समेत आफूले निर्यात गर्दै आएको वताउँदै उनले थपे– अहिले भने देशका विभिन्त्र शहरहरुमा विक्रिवितरण गर्दै आएको छु । खासगरी काठमाण्डौको बसन्तपुर,न्यूरोड, ठमेल यसको मूख्य बजार हो भने उपत्यका वाहिर बुटवल,नारायणगढ,पोखरामा विक्रि हुन्छ । पश्मिना सिजनल व्यवसायहो । यसको सबै भन्दा धेरै विक्रि हुने महिना मंसिर भएको जानकारी गराउँदै व्यवसायी ज्ञवालीले थपे–गर्मी महिनामा यो खासै विक्रि –वितरण हुँदैन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com