आज बडादशैँको छैटौँ दिन भगवान कात्यायनीको पूजा आराधना गरि मनाइदै

असोज २९, काठमाडौं । बडादसैँको आज छैटौँ दिन सोमबार कात्यायनी भगवान भगवतीको पूजा आराधना गर्ने गरिन्छ ।

कात्यायिनी भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास रहेको पाइन्छ ।

धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ ।

आज  उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदैछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com