बजेट नहुँदा ३ महिनादेखि कर्मचारी तलबबिहिन
खारेजीमा परेका तर अन्यन्त्र नखटाइएका कर्मचारीले साउन यताको तलब पाएका छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।
संघबाट खारेजमा परेका कार्यालयमा चालू आर्थिक वर्षका लागि खर्च गर्ने अख्तियारी र बजेट नआएकाले उनीहरु तीन महिना यता बेतलबी बनेको हुन् । संघीय र प्रदेश सरकारबीच जिल्ला तहमा कस्तो संरचना बनाउने भन्ने टुंगो लागेको छैन ।नयाँ शासकीय संरचनामा प्रदेश र संघको चेपुवामा पर्दा कर्मचारीले जिम्मेवारी समेत पाएका छैनन् ।
कर्मचारीलाई तलब खुवाउन अघिल्लो साता संघीय अर्थ मन्त्रालयको टोली समेत आएको थियो ।संघीय र पूदेशको अर्थ मन्त्रालय तथा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबीच स्थायी कर्मचारीको हकमा सम्बन्धित कार्यालयमा अख्तियारी पठाएर तलब खुवाउने समझदारी भएको थियो । तर, सम्बन्धित कार्यालयमा अख्त्यिारी दिने मानिस नभएको हुँदा कर्मचारी तलबविहीन बनेका हुन् ।