खोटाङमा सुविधा सम्पन्न एक लाख लिटरको ट्याङ्की निर्माण
कार्तिक १, खोटाङ । खोटाङको दिक्तेल बजारमा एक लाख लिटर पानी सञ्चित गर्न सकिने पानी ट्याङ्कीसहितको आधुनिक धारा निर्माण गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु २५ लाख ८७ हजार ५०० लगानीमा दिक्तेलस्थित अस्पताल चोकमा सुविधायुक्त धारासहितको पानी ट्याङ्की निर्माण गरिएको हो ।
नवनिर्मित धाराको माथिल्लो भागमा किरियापुत्री बस्ने व्यवस्थित संरचना एवं स्नानस्थल, पानी तताउने ग्यास गिजरसमेतको सुविधा मिलाइएको छ ।