काग्रेस सासंदको गुटखा उद्योगद्वारा राजस्व छली

कार्तिक १, कपिलबस्तु । कपिलवस्तु प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसका कपिलबस्तु क्षेत्र ३ ख का प्रदेश सांसद वीरेन्द्र कनौडियाको उद्योगले राजस्व छली गर्ने गरेको खुलासा भएको छ ।

उहाँको लगानी तथा उहाँको भाई महेन्द्र कनौडियाको नाममा संचालनमा रहेको कृष्णनगर नगरपालिका ८ स्थित विजार्ड फेग्नेन्स उद्योगले राजस्व छली गरेको भेटिएको हो। उद्योगबाट उत्पादित शुद्धप्लस गुटखामा अन्तःशुल्क स्टिकर नलगाई धमाधम बजारमा बिक्री गरिरहेको भेटिएको हो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाले अन्तःशुल्क स्टिकर नभएका २१९ पोका शुद्धप्लस गुटखा बरामद गरेको छ । करिब ३६ हजार मूल्य बराबरको उक्त गुटखाले राजस्व छली गरेको प्रष्ट भएको र यस बारे थप अनुसन्धानको लागि आन्तरिक राजस्व कार्यालय बुटवलमा पठाउने जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com