पत्रकार खशोग्गी दूतावासभित्रै मारिएकाे साउदी सरकारद्वारा स्वीकार

कार्तिक ३, एजेन्सी । पत्रकार जमाल खशोग्गीको टर्कीको इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको साउदी सरकारले  स्वीकारल गरेको छ।

साउदी सरकारी सञ्चारमाध्यमले जनाए अनुसार खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्युको घटना निम्त्याएको जनाएको छ ।

अक्टोबर २ मा साउदी वाणिज्य दूतावास गएदेखि पत्रकार खशोग्गी बेपत्ता भएका थिए। खशोग्गीको मृत्यु भएको पुष्टि भएसँगै एकजना उच्च गुप्तचर अधिकारी अहमद अल(असिरी र राजपरिवारका एकजना वरिष्ठ सल्लाहकार साउद अल(कतानीलाई बर्खास्त गरिएको छ।

साउदी राजा सलमानले टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनसँग घटनाबारे टेलिफोन वार्ता गरेपछि साउदी सरकारी सञ्चारमाध्यममा खशोग्गीको मृत्युबारे समाचार आएको हो। राजा सलमानले देशको गुप्तचर निकायको पुनर्संरचनाका लागि सुझाव दिन भन्दै राजकुमार मोहम्मद बिन सलमानको संयोजकत्वमा एउटा मन्त्रालयस्तरीय समिति गठन गर्न आदेश समेत दिएका छन्।

अंकाराले खशोग्गीलाई वाणिज्य दूतावासभित्रै मारिएको कुराको आफूसँग श्रव्य र दृश्य प्रमाण रहेको बताउँदै आएको छ। यद्यपि उसले भन्ने गरेका प्रमाण अहिलेसम्म सार्वजनिक गरेको छैन।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com