बालकुमारी-रानीकोटसम्मको सडक निर्माण, कोटेश्वरको जाम तथा दुर्घटनाको अन्त्य : सांसद बस्नेत

कार्तिक ३, काठमाडौँ । नेपालक कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बालकुमारी हुँदै रानीकोटसम्मको सडक निर्माण सम्पन्न भएपश्चात कोटेश्वरको जाम तथा अरनीको राजमार्गमा हुने सवारी दुर्घटनाको अन्त्य हुने बताउनुभएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा आज भएको मनोहरा सफाई सम्पदा बचाउन महाअभियानको ८४ औं हप्ता तथा हनुमन्ते नदी सफाई अभियानको ३४ औं हप्ताको कार्यक्रममा बोल्दै सांसद बस्नेतले मनोहरा नदी तथा हनुमन्ते नदीको करिडोर निर्माण अहिलेको कोटेश्वरको जाम नियन्त्रणको अर्को विकल्प नभएको दावि गर्नुभयो ।

उहाँले नेपाल चलचित्र विकास बोर्ड, त्रीपुरा संगम समाजका अध्यक्ष, हनुमन्ते नदी सफाई अभियानका सल्लाहकार स्व. रामकेशर बोगटीको असमायीक निधनको आज १२ औं दिनको अवसमा गरिएको सफाई अभियानमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बोगटीका योजना तथा अधुरा कार्यहरु सफलतापूर्वक सम्पन्न गर्नु नै सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

सांसद बस्नेतले नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले विपद् परिस्थतीमा राष्ट्र र जनताको लागि गरेको सहयोगको उच्च प्रशंसा गर्दै कञ्चनपुरको १३ वर्षिया वालिका निर्मला पन्तसँग जोडी सिङ्गो संगठनको बदनाम गर्नु नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै एक दुई व्यक्तिले गलत गरेको होला तर एक दुइई जनाको गल्तीले सिङ्गो संगठनलाई बदनाम गर्ने प्रयास गर्नुहुँदैन । गल्ती गर्नेलाई सरकारले कानुनको दायरामा ल्याउँछ । अनुसन्धानको प्रक्रिया अघि बढिरहेकाले केही समय लाग्न सक्छ ।’

कार्यक्रममा संघिय मामिला तथा सथानिय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले बोगटीले चलचित्रको माध्यमबाट नेपाललाई विश्वसामु सुपरिचित गराउँदै चलचित्र क्षेत्रलाई व्यवसायीक तथा प्रतिस्पर्धि बनाउन सफल हुनुभएको बताउनुभयो । उहाँले बोगटी देश र जनताको अभिभावक भएको भन्दै विकासप्रेमी, समाजसेवी, इमान्दार तथा कर्मठ व्यक्ति देशले गुमाउनु परेको जसले देशलाई ठूलो क्षती पुगेको बताउनुभयो ।

नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा स्थानीयवासी गरि करिव २०० जना रहेको उक्त सफाई अभियानबाट आज करिव तीन टन फोहोरको संकलन गरिएको मनोहरा सफाई सम्पदा बचाउ महाअभियान तथा हनुमन्ते नदी सफाईका उत्प्रेरक रुद्र पौडेलले बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com