पाठ्यक्रम तथा अध्यापनमा कमजोरी, शिक्षा संकायको पढाई रोक्न आवश्यक : मन्त्री पोखरेल

कार्तिक ३, महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले वर्तमान पाठ्यक्रम तथा पठन पाठनमा कमि कमजोरी भएकाले अवका दिनमा शिक्षा संकायको पढाइ रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शनिबार महोत्तरीको गौशाला नगरपालिकाले आयोजना गरेको उच्च शिक्षा विषयक अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशमा ७ लाखको हराहारीमा लाईसेन्सधारी शिक्षकहरु बेरोजगार रहेको बताउनुभयो । त्यस्तै उहाँले देशमा शिक्षक उत्पादन अधिकमात्रामा भएकोले अब प्राविधिक शिक्षातर्फ सामुदायिक विद्यालयको शिक्षा रुपान्तरित हुन जरुरी भएको बताउनुभयो ।

नेपालमा प्राविधिक शिक्षाको विकास क्रम अघि वढिसकेको बताउँदै मन्त्री पोखरेलले अब शिक्षालाई सिपसँग, श्रमलाई उ्रत्पादनसँग जोडेर शिक्षा नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com