सानदार जीतसँगै म्यान्चेष्टर पुनः पहिलो स्थानमा

प्रिमियर लिगका डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले बर्नली एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै यस वर्षको लिगमा पनि अहिलेसम्म आफूलाई पहिलो स्थानमा राख्न सफल भएको छ । आज शनिबार ९ खेल खेल्दा सिटीले २३ अंक बटुलेर आजै २१ अंक जोडेका चेल्सीलाई पछाडि धकेल्न सफल भएको हो । अाजकाे नेपाल समाचारपत्रमा छ ।

आज भएको खेलमा बर्नलीलाई १७ औं मिनेटमा कुन अगुरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा १(० गोल अन्तरले अगाडि रहेको सिटीले दोस्रो हाफको ५४ औं मिनेटमा बी सिल्भा तथा त्यसको दुई मिनेट भित्रै फर्नानडिनोले र ८३ औं मिनेटमा महरेज तथा खेलको अन्तिम ९० औं मिनेटमा सानेले गोल गरेपछि सिटीले फराकिलो जित हात पारेको छ ।

यसभन्दा अघि नै बराबरी ८ खेल खेलेपनि चेल्सी र लिभरपुलभन्दा गोल अन्तरले अगाडि रहँदै आएको सिटी आज यस पछिको नवौं खेलमा लिभरपुल जितेपनि धेरै गोल अन्तरका कारण सिटीलाई पछार्न नसकिने देखिएको छ । आजै नेपाली समय अनुसार बेलुकी १०:३० बजे लिभरपुलले हर्डसफिल्डको सामना गर्दै छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com