‘दशहरा’ पर्वको दशा : ७० जनाको मृत्यु, १४२ घाइते
कार्तिक ४, एजेन्सी । भारतको पञ्जाबस्थित अमृतसर सहरमा रावणको पुत्ला जलाउने पर्व ‘दशहरा’ मनाइरहेका बेला छुटेको रेल मानिसहरूको भीडमा रेल पस्दा ७० जनाको मृत्यु भएको छ भने १४२ जना घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार शुक्रबार साँझ करिब साढे ६ बजे दिल्लीबाट अमृतसर र अमृतसरबाट हावडाका लागि छुटेका दुई रेल एकैचोटी आमनेसामने हुँदा स्थानीय दुई रेलको बीचमा परेका थिए । रेलले धेरै मानिसहरूलाई किचेको अनुमान गरिएको छ । मृतकहरूमा बुढाबुढी, महिला तथा बालबालिका बढी छन् ।
अमृतसार प्रहरीका आयुक्त एसएस श्रीवास्तवका अनुसार जहाँ रावणको पुत्ला जलाइएको थियो, त्यस ठाउँ सानो भएका कारण धेरै मानिसहरूलाई बस्ने व्यवस्था थिएन ।