ओपो नेपाल आइडलमा वाइल्ड कार्ड एन्ट्री
कार्तिक ५, काठमाडौं । नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्राञ्चाइज्ड टीभी रियालिटी शो ओपो नेपाल आइडलले वाइल्ड कार्ड एन्ट्रीको घोषणा गरेको छ ।
वाइल्डकार्ड एण्ट्रि पाएका ६ प्रतिस्पर्धी मध्ये सर्वाधिक भोट प्राप्त गर्ने प्रतिस्पर्धीले अब सिधै उत्कृष्ट १०मा प्रवेश पाउने छन् । उत्कृष्ट १० को घोषणा असोज ८ गतेको एपिसोडमा घोषणा गरिनेछ ।