आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि खतरनाक
कात्तिक ५, एजेन्सी । रूसी उप विदेशमन्त्री सर्गेइ -यावकोभले रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले शीतकालीन समयमा रूससँग पूर्व राष्ट्रपति डोनाल्ड रेगनले गरेको उक्त सम्झौताबाट पछि हट्ने योजनालाई घोषणा गरेपछि रूसको प्रतिक्रिया आएको हो ।
विदेशमन्त्री -यावकोभले भने, ‘म विश्वस्त छु, अमेरिकी कदमको अन्तराष्ट्रिय समुदायले आलोचना मात्रै गर्ने छैन । अमेरिकी ‘खतरनाक कदम’को विश्वभर निन्दा हुनेछ ।’