कपिलवस्तु जिल्लाको कृष्णनगरमा फेरि कर्फ्यू : सर्वसाधारणलाई समस्या
कात्तिक ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा फेरि कर्फ्यू लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ६ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।
पूर्वमा सेमरा गाउँ, पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा- कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म कर्फ्यू लगाइएको छ ।
मूर्ति विसिर्जनको विषयलाई लिएर दुई समूहबीच भएको विवादपछि उत्पन्न झडप नियन्त्रणका लागि जिल्लाको कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लगाइएको थियो ।