वैज्ञानिक स्टिफनको ह्विलचेयर, रिसर्च पेपर र अवार्ड अनलाइन लिलामीमा राखिने

कार्तिक ६, एजेन्सी । दिवंगत वैज्ञानिक स्टिफन हकिङको साइन्टिफिक पेपर्स, हाईटेक ह्विलचेयर र  कार्टुन शो ‘द सिम्पसन्स’ लगायतका  २२ सामग्री अनलाइन लिलामीमा राखिने भएको छ ।

 उनका धेरैजसो सामग्रीको मूल्य करोडौंमा हुनेछ ।  सन् १९६५ मा क्याम्ब्रिज युनिभर्सिटीमा पढाईको क्रममा लेखिएको रिसर्च पेपरमध्ये एक ‘प्रोपर्टी अफ एक्सपान्डिङ युनिभर्स ’ को लिलामीमा औसत साढे एक लाख पाउन्ड पाउने सम्भावना छ । यो पेपर उनले आफ्नो हातले लेखेका थिए र साइन गरेका थिए ।

उनी २२ वर्षको उमेरमा नै पक्षघातको शिकार भएका थिए । यो स्थितीमा उनले भोइस जेनरेटिङ (आवाज पैदा गर्ने) कम्प्युटर र हाईटेक ह्विलचेयरको सहारामा हिँडिरहेनथे  ।

अब उनले प्रयोग गरेको ह्विलचेयरको लिलामी गरिनेछ । यसको लागि कम्तीमा १० देखि १५ हजार पाउन्डसम्मको बोली लाग्न सक्ने अनुमान गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com