एनआरएनएका मध्यपूर्व संयोजक शर्मा ‘आरके’ कतारमा पक्राउ
कात्तिक ६, काठमाडौं । एनआरएनएका मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा ‘आरके’ कतारमा पक्राउ परेका छन् ।
एनआरएनएका अनुसार उनलाई सुन कारोबारको अनुसन्धानका लागि चार दिनअघि कतारको प्रहरीले पक्राउ गरेको जनाएको छ ।
शर्मालाई कसैसँग पनि भेट्न नदिएपछि एनआरनएले उनको रिहाइका लागि पहल थालेको बताइएको छ ।