२४ घण्टामा भारतबाट ३७ जना नेपाली महिलाको उद्धार

कात्तिक ७, काठमाडौं ।  २४ घण्टामा भारतका विभिन्न स्थानबाट  ३७ जना नेपाली महिलाहरुको उद्धार गरिएको छ ।

मानव तस्करको समूहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी देशहरुमा लैजाने तयारीअनुसार भारतका बिभिन्न स्थानसम्म पुर्याएको थियो ।

सोमबार साँझ २८ जना महिलालाई नयखण्ड भन्ने स्थानको श्रीजन बिहार सोसाइटीको दुईवटा फ्ल्याटबाट उद्धार गरिएको थियो । मंगलबार बिहान ज्ञान खण्ड भन्ने स्थानको अर्को एक घरमा छापा मारेर थप ९ जना नेपाली महिलालाई उद्धार गरेको थियो । ती सात महिलाहरुसँगै भारतसम्म पुर्याइएका अरु दुई जना पुरुषलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुबईमा बस्ने अनिल नेपाली, नेपालमा रहेका गणेश तथा दिल्ली र गाजिवाद क्षेत्रमा बस्दै आएका केदारनाथ मानव तस्करी गर्ने मुख्य व्यक्ति हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com