उपभोक्ता ठग्ने पट्रोल पम्पमाथि कारवाही, २ लाख जरिवाना
उपभोक्ता ठग्ने पट्रोल पम्पमाथि आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ । अाजकाे नेपाल समाचारपत्रमा छ ।
बुधबार विभागको नेत्तृत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको प्रतिनिधि सम्मिलित अनुगमन टोलीले अनुगमणको क्रममा कागेश्वरी मनहरा– ९ को भद्रकाली आयल स्टोर्सलाई कारवाही गरेको हो ।
उक्त आयल स्टोर्सले पेट्रोलियम पदार्थ विक्री गर्दा पेट्रोल नोजलबाट मापदण्ड भन्दा कम परिणाममा बिक्री गरेको पाईएपछि विभागले कारवाही स्वरुप २ लाख जरिवाना गरेको छ ।
संरक्षण ऐन २०७५ को दफा १६ को खण्ड (ख) बमोजिमको निषेधित एवं अनुचित व्यापारिक क्रियाकलापमा समावेश भएको सोही ऐनको दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर कायम गरेको हुँदा सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम उक्त आयल स्टोर्सलाई जरिवाना गरिएको छ ।