मानव अधिकार शब्दकोश हरेक विषय

कात्तिक ९, काठमाडौँ । मानव अधिकार शब्दकोश हरेक विषय, क्षेत्र र पेशागत तहमा पनि विशेष दखल राख्नको लागि सम्वन्धित विषयको शब्दावलीसम्वन्धी जानकारीको अति नै महत्व हुन्छ ।

कुनै पनि विषयको शब्दावलीलाई मात्र व्याख्या गरेर लेखिएका पुस्तक त्यति छैनन तर मानव अधिकार शब्दावलीसम्वन्धी सम्पुर्ण जाकारी समेटिएको“मानव अधिकार शब्दकोष”नामक पुस्तक अहिले बजारमा उपलब्धछ ।

मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा कार्यरत् माधव रेग्मी र कैलाशकुमार सिवाकोटीले संयूक्तरुपमा लेख्नुभएको उक्त पुस्तक अन्य पुस्तकहरु भन्दा निकै फरक छ । समयअनुकूल परिष्कृत र परिमार्जित उपयोगी शब्द, अर्थ, भाषाको सहजतासम्वन्धी विविध जानकारीले एउटा पाठककको लागि धेरै नै महत्वपूर्ण अर्थ राख्दछ ।

पुस्तकले यी सबै कुराहरुलाई समेटेर पाठकलाई एकै बसाइमा सम्पूर्ण विषयगत जानकारी उपलब्ध गराएको छ । समयनुसार विश्वब्यापीरुपमा मानअधिकारको विषय र क्षेत्रमा पनि धेरै नै विविधता थपिएको छ ।यसैले पनि मानव अधिकारसम्वन्धी शब्दावलीहरुको ब्याख्यात्मक जानकारी सबैको लागि आवश्यक छ ।

मानव अधिकार सम्मानित एवम् मर्यादित जीवनका लागि जन्मदेखि मृत्युपर्यन्तसम्म अनिवार्य उपभोग गर्न पाउनुपर्ने विशेष अधिकार हो । अहिले विभिन्न अधिकारहरुलाई मानव अधिकारसँग जोडेर हेर्न थालिएको छ भने यो सबैका लागि समानरुपमा लागू हुन्छ । यससम्वन्धी शब्दहरुको विशेष जानकारी हुुनु सबैका लागि महत्वपर्ण  पनि छ ।

मानव अधिकारसम्बन्धी विभिन्न सामग्रीहरू बजारमा छन् तर शब्दावलीको ब्याख्यालाई मात्र ध्यान दिएर लेखिएको पुस्तक मानव अधिकार शब्दकोश अति नै उपयोगी पुस्तक छ ।

लेखक माधव रेग्मी र कैलाश कुमार शिवाकोटी लामो समयसम्म मानव अधिकारको क्षेत्रमा काम गर्दे आउनुभएको व्यक्तित्व हुुनुहुन्छ । त्यसैले पनि उक्त पुस्तक बौद्धीकस्तरमा महत्वपूर्ण जानकारी उपलब्ध गराउन सफलहुनेछ ।

मानव अधिकार शब्दकोषनामक यो पुस्तकले मानव अधिकारको विषयमा आवश्यक सबै शब्द, अर्थ र भाषाको ज्ञानलाई मात्र नभएर सामाजिक न्याय, कानुन, विज्ञान, चिकित्सा, प्राज्ञिक एवम् बौद्धीक क्षेत्रका लागि पनि महत्वपर्ण शब्दावलीहरु उल्लेख गरेर समसामयीक ढंगबाट ब्याख्या गरिएकोछ । जुन अति नै उपयोगी छ भने मानव अधिकारसम्वन्धी विभिन्न प्रयोजनका लगि त झन पुस्तक एउटा महत्वपूूर्ण दस्तावेज नै बनेको छ ।

पुस्तकमा मानव अधिकारसँग सम्बन्धित शब्दलाई अङ्ग्रेजी र नेपालीमा व्याख्या गरिएको छ । पुस्तकले एउटा पाठकलाई खोजे जति सामग्रीको उपलब्धता आफुले चाहेकै भाषामा पाउन झनै सजिलो बनाएको छ । कुनै पनि विषयवस्तुलाई सहज तरिकाले बुझ्न विषयगत सामग्रीहरूको आवश्यक हुन्छ ।

मानव अधिकारको यस्तै बद्लिदो अवधारणाअनुसार हालसम्म प्रचलनमा रहेका मानव अधिकारसम्बन्धी शब्दावली विषयवस्तुलाई बुझ्न पुस्तक विशेष सहयोगी हुनेछ । उक्त पुस्तक मानव अधिकारसम्बन्धी विषयमा अध्ययन÷अध्यापन गर्न चाहने आमपाठक, विद्यार्थी, शिक्षक तथा शोधकर्तासमेतका लागि जानकारीमूलक हुनेछ । पुस्तक अङ्ग्रेजी र नेपाली भाषामा व्याख्यात्मक शैलीमा भएकाले नेपाली अंग्रेजी दुवै थरी पाठक लाभान्वित हुनेछन् । सबै शब्दहरुलाई सजिलै बुझन सकिन्छ ।

मानिसकाअभिब्यक्ति तथा भनाईहरु त्यतिबेला मात्र उत्कृष्ट ठहरिन्छ जब सम्वन्धित शब्द वा वाक्यको अर्थ ठीक तरिकाले प्रयोग भएको हुन्छ । शब्दको अर्थ गलत हुन गयो भने त्यसबाट जाने सन्देश र बुझाई पनि गलन नै हुने गर्छ । त्यसैले शब्दावलीको जानकारी हरेक विषयको लािग अति नै आवश्यक छ । समयक्रमसँगै मानव अधिकारका विषयमा पनि अदलबदल भइरहेको छ ।

नयाँ–नयाँ शब्दहरू थपिने क्रम जारी छ । पुस्तकले यी सम्पर्ण विषयगत विविधतालाई पनि समेटन सफल भएको छ । मानव अधिकार शब्दकोष पुस्तकलाई शब्दार्थ पब्लिकेशनले बजारमा ल्याएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com