नेपालले भारतलाई २–० ले हरायो
कार्तिक ९, काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई २–० ले हराएको छ ।
पहिलो हाफमा गोलरहित बराबरी खेले पनि ५९औं मिनेटमा स्ट्राइकर रेखा पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएकी छन् । ८८ औं मिनेटमा पनि रेखाले नै गोल गर्न सफल भइन् ।
नेपालको २ खेलबाट ३ अंक भएको छ । ६ समूहबाट एक एक समूह विजेता र समूहको उत्कृष्ट दुई उपविजेता टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् ।