लायन्स क्लव अब्बल काठमाडौँ भ्यालीको प्रशिक्षण कार्यक्रम सम्पन्न

कार्तिक १०, काठमाडौैँ । Lions Clubs International District 325 B1 एउटा नयाँ क्लव थपिएको छ ।

लायन्स क्लव अफ बालाजु पूर्वअध्यक्ष लायन्स राजु खड्काको अध्यक्षतामा ‘लायन्स क्लव अफ अब्बल काठमाडौँ’ नामक क्लव गठन भएको हो । लायन्स क्लव अफ बालाजुमा लायन्स वर्ष २०१७/१८ को आफ्नो कार्यकालमा ‘१०० दिन १०० सेवा’ अभियान चलाएर चर्चित बनेका सर्वोच्च अदालत वार एशोसिएसनका उपाध्यक्ष समेत रहनुभएका अधिवक्ता राजु खड्काको पहलमा गठित उक्त क्लवमा सर्वोच्च अदातल वारकै पूर्वसचिव एवं हालका सल्लाहकार समेत रहनुभएका अधिवक्ता शिवप्रसाद रिजाल प्रथम उपाध्यक्ष तथा शैक्षिक परामर्श क्षेत्रको एक स्थापित एवं चर्चित व्यक्तित्व शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का पूर्वअध्यक्ष समेत रहनुभएका राजेन्द्र बराल द्वितिय उपाध्यक्ष रहनु भएको छ । यस्तै उक्त क्लवमा विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तित्वहरु अन्य पदाधिकारी तथा सदस्यहरुको रुपमा रहनुभएको छ

प्रायः सवैजसो नयाँ सदस्यहरु रहेको उक्त क्लवले हालै एक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । क्लवका चार्टर्ड प्रेसिडेन्ट राजु खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बालाजु लायन्स क्लवका पूर्वअध्यक्ष, Lions Clubs International District 325 B1 पूर्वसेक्रेटरी लायन मणिश्री रत्न बज्रचार्यले आकर्षक ढंगबाट लायन्स सदस्यहरुलाई प्रशिक्षण गर्नुभयो ।

कार्यक्रमको शुरुमा चार्टर्ड प्रेसिडेन्ट लायन्स राजु खड्काले सवै लायन्स सदस्यहरुलाई सेवा कार्यको महासागरमा प्रवेशको लागि हार्दिक स्वागत गर्दै उक्त कार्यक्रम सचिव धु्रवराज विष्टले संचालन गर्नुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रथम उपाध्यक्ष शिवप्रसाद रिजालले प्रशिक्षण कार्यक्रमले लायन्स सदस्यहरुलाई एकजुट भई सेवा कार्यमा समर्पित हुन प्रेरित गरेको बताउनुभयो ।

 

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com