भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको चियापान कार्यक्रम (फोटोफिचर)

कात्तिक १०, काठमाडौ। चाडपर्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रम शुरु भएको छ ।

अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गरेका छन ।

सो कार्यक्रममा संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com