भ्रमणमा रहेका उपप्रधानमन्त्री पोखरेल र चिनियाँ रक्षामन्त्री फेङ्बीच भेटवार्ता

कात्तिक १०,  काठमाडौं  । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका  रक्षा मन्त्री वेइ फेङ्बीच भेटवार्ता भएको छ ।

भेटमा नेपाल र चीनबीचको परम्परागत सम्बन्धलाई थप प्रगाढ र गतिशील बनाउने विषयमा छलफल भएको छ । पोखरेलले चीनका केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष महामहिम सु छियालिङ्ग र रक्षा मन्त्री वेइ फेङ्सँग छुट्टा छुट्टै शिष्टाचार भेट गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेललाई चिनियाँ सरकारको तर्फबाट एक सैनिक टुकडीले उनको सम्मानमा चिनियाँ जनमुक्ति सेनाको मुख्यालयमा सम्मान गारत अर्पण गरेको थियो

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com