अमेरिकामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु

कार्तिक ११, एजेन्सी । अमेरिकाको पेन्सिलभिनिया राज्यमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको ज्यान गएको  छ ।

अमेरिकी सञ्चार माध्यमका अनुसार प्रार्थना चलिरहेको बेला गोली चलाएको थियो ।  ४६ वर्षीय बन्दुकधारीलाई  प्रहरीले  नियन्त्रणमा लिएका छन । यो घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com