समृद्ध नेपालको लक्ष्य हासिल गर्न दीगो शान्तिको स्थापना गर्न जरुरी छ : गृहमन्त्री

कार्तिक ११, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्नको लागि दीगो शान्तिको स्थापना गर्न मुलुकमा सुशासन कायम गर्न जरुरी  रहेको बताएका छन  ।

प्रहरी प्रधान कार्यालयमा आयोजित ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै बादलले मुलुकमा सुशासन कायम गर्न जरुरी रहेको भन्दै सबै प्रकारका अपराधलाई निस्तेज र नियन्त्रण गर्न र शान्तिपूर्ण र सुरक्षित समाजको निर्माण र मुलुकले लिएको अपेक्षा पूर्तिका लागि प्रहरीले थालनी गरेको पहल कदमी महत्वपूर्ण रहेको बताएका छन ।

‘गुण्डा ठग, मानव तस्करलाई नियन्त्रण गर्न नसक्दा देश समृद्ध हुन सकेन’ बादलले भने, ‘यही कारण हामीले देशमा स्थायित्व कायम गर्न सकेनौं । लाखौ युवायुवती जो विदेशमा छन् उनीहरुलाई रोक्न सकेनौं ।’

शान्ति, स्थायित्व र सुरक्षा कसरी गर्ने भन्ने बारे नेपाल प्रहरीले अवधारणामा लक्षय हासिल गर्न समूदायका सबै तहको योगदान जरुरी रहने पनि बादलले बताएका छन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com