पाकिस्तानमा भारतीय टीभी च्यानल प्रतिबन्ध

कार्तिक ११, एजेन्सी ।  पाकिस्तानको सर्वोच्च अदालतले भारतका सबै टेलिभिजन च्यानलहरूमाथि पुनः प्रतिबन्ध लगाएको छ ।

बीबीसीका अनुसार प्रधानन्यायाधीश साकिब निसारले पाकिस्तान भएर बग्ने नदीहरूमा भारतले बाँध बनाउन लागेको भन्दै उसका टेलिभिजन च्यानलहरूमाथिको प्रतिबन्ध मुनासिब भएको बताएका छन ।

सन् १९६५ मा भारत–पाकिस्तानबीच भएको युद्धपछि पाकिस्तानले पहिलो पटक भारतीय चलचित्रहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com