नेपाल र मलेसियाबीच श्रम सम्झौता, कामदारले बिनाशुल्क मलेसिया जान पाउने
कात्तिक १२, काठमाडौं । नेपाल सरकार र मलेसियाली सरकारबीच श्रम सम्झौता भएको छ।
नेपालका श्रम मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन आज सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनेछन् । नेपाली श्रमिकले कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् ।
भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरी सम्झौता भएको छ ।