बाढीपहिरो पीडितले बुझाए १२७ औं पटक ज्ञापन पत्र

कात्तिक १२, डडेल्धुरा । डडेल्धुराका बाढीपहिरो पीडितले १२७ औं पटक ज्ञापन पत्र प्रदेशको मुख्य मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत विस्थापितहरुको पुनस्र्थापनाका लागि खरिद गरिएको जग्गा प्लटिङ गरी इस्टमेट तयार हुँदासमेत काम अगाडि नबढेको  ज्ञापनपत्र बुझाएका छन् ।

परशुराम नगरपालिकाका बाढीपहिरो पीडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

नगरपालिकाका वडा नम्बर २ र ३ मा २०६२ असोज ८ गतेको बाढीपहिरोबाट विस्थापित भएका पीडितहरुले आफूहरुको पुनर्स्थापनाका लागि खरिद गरिएको जग्गा हस्तान्तरणको माग गरेका हुन ।

१३ वर्षअघि आएकोे पहिरोमा एकै परिवारका ८ सदस्यसहित ३२ जनाको मृत्यु भएको थियो । ३५ परिवार पहिरोका कारण विस्थापित जीवन बताउँदै आएका छन् ।

परशुराम नगरपालिका वडा नं। ४ रातिमाटीमा ३७ रोपनी र वडा नं। ५ परिगाउँमा ९ रोपनी गरी ४६ रोपनी जग्गा अघिल्लो सरकारमा खरिद गरेको थियो । सो जग्गा अहिलेसम्म पनि योजना बनाएर हस्तान्तरण हुन नसकेपछि पिडीतहरुले सरकारी निकायले तदारुकता नदेखिएको भन्द १ सय २७ औं जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले यसअघि विभिन्न निकायलाई १२६ पटक ज्ञापन बुझाइसकेका छन् । बाढीग्रस्त क्षेत्रमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) र शेरबहादुर देउवा अएता पनि कुनै पहल नगरेको उनीहरुको आरोप छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com