युरो किड्सका विद्यार्थीको दाँत परिक्षण

कार्तिक १३, भक्तपुर । युरो किड्स सल्लाघारीमा अध्ययनरत सबै साना विद्यार्थीको विद्यालयमै निशुल्क दाँत परिक्षण गरी दन्त स्वास्थ्यका बारेमा दन्तरोग विशेषज्ञले विद्यार्थीलाई थप ज्ञान दिएका छन् ।

विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेका अनुसार प्राइम दन्त क्लिनिक दुधपाटी भक्तपुरकी दन्त शल्यचिकित्सक (डेण्टल सर्जन) डा.सविना बासुकला सहितको विशेषज्ञ टोलीले विद्यार्थीको निशुल्क दाँत परिक्षण गर्नुका साथै दन्त स्वास्थ्यका बारेमा जानकारी गराएको थियो ।

सानो उमेरका केटाकेटीले चकलेट, केक, आइसक्रिम लगायत गुलियो पदार्थ बढी खाने कारण उनीहरुको दाँत छिट्टै किराले खाने भएकोले विद्यालयमै विशेषज्ञ चिकित्सकबाट दाँत परक्षण र उपचार गर्ने गरिएको प्रवन्ध निर्देशक काफ्लेले बताउनुभयो ।

विद्यार्थीहरुको नियमित दाँतको परिक्षण गर्दै आएको युरो किड्स सल्लाघारीका विद्यार्थीको समग्र स्वास्थ्य परिक्षण (जनरल हेल्थ चेकअप) को लागि भने वरिष्ठ वालरोग विशेषज्ञ डा. किरण शाक्य कन्सल्टयाण्टको रुपमा कार्यरत हुनुहुन्छ ।

यसैविच विद्यालयले आफना हजुरबुबा हजुरआमाप्रति आदरभाव जनाउन र उहाँहरुलाई माया गर्नुपर्छ भन्ने सन्देश दिन गत वडादशैंको अवसरमा हजुरबुबा हजुरआमा दिवस अर्थात ग्राण्ड प्यारेन्टस् डे समेत मनाएको विद्यालयकी प्रिन्सिपल विनु गोदार थापाले बताउनुभयो । राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको प्रमुख आतिथ्यमा सो दिवस मनाइएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com