काठमाडौं विश्वविद्यालयको विवाद सुल्झिएसँगै ताला खुल्यो

कार्तिक १४, काठमाडौँ । काठमाडौं विश्वविद्यालयमा मंगलबार साँझ भएको वार्तामा १५ दिनभित्र चुनावको मिति तोक्ने सहमति भएपछि नेविसंघले लगाएको ताला झण्डै एक महिनापछि खुलेको छ ।

विद्यार्थी कल्याण परिषदको चुनाव गराउन माग गर्दै नेविसंघले विश्वविद्यालयमा ताला लगाएको थियो । नेविसंघ सभापति उज्ज्वल प्रधानले जानकारी दिए अनुसार चुनावको मिति तोक्ने, विधान संशोधन गर्ने, काठमाडौं विश्वविद्यालयको लोगोको दुरुपयोग रोक्ने लगायतका सहमति भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com