उखु किसानको बक्यौता नतिर्ने व्यवसायी अग्रवाल पक्राउ

कात्तिक १४, काठमाडौ । नवलपरासी र सर्लाहीका उखुको किसानको ४६ करोडभन्दा बढी बक्यौता नतिर्ने व्यवसायी राकेश अग्रवाल प्रहरीले पक्राउ गरेको छ ।

पीडितहरुले गृहमन्त्रालयमा दिएको उजुरी अनुसार काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित निवासबाट अग्रवाललाई पक्राउ गरेको हो ।

अग्रवालले सञ्चालन गरेको सर्लाहीको अन्नपूर्ण सुगर मिल्स प्रा.लि.ले उखु किसानको ३८ लाख ६८ हजार र नवलपरासीमा रहेको अग्रवालकै इन्दिरा सुगर एण्ड एग्रो प्रा.लि.ले पनि उखु किसानको ८ करोड ५८ लाख रुपैयाँ बक्यौता नतिरेको उजुरी परेको थियो । सोहि उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले अग्रवाल सम्बन्धीत जिल्लामा पठाई ठगी र सार्वजनिक अपराध कसुर अन्तरगत मुद्दा चलाउने तयारी भईरहेको जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com