महिला फोटो पत्रकारलाई फोटो तथा भिडियो तालिम सम्पन्न

कात्तिक १५, काठमाडौँ । देशभरका ९ जिल्लाबाट सहभागि रहेका व्यवसायिक महिला पत्रकारलाई फोटो तथा भिडियो तालिम हिजो सम्पन्न भएको छ ।

मिडिया एड्भोकेसी ग्रुप तथा जर्मन संस्था एफइएसको संयुक्त रुपमा यहाँ आयोजना गरेको दुई दिने कार्यक्रम हिजो सम्पन्न भएको हो ।
मंमलबारदेखि शुरु भएको कार्यक्रममा देशभरका ९ जिल्लाबाट २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । जसमा रेडियो, टिभी, पत्रिका, अनलाइन पत्रिका लगायतलाई समेटीएको छ ।

कार्यक्रममा सिनियर फोटो पत्रकार विकास रौनियारले पत्रकारीतामा क्यामराको अवस्था अनुकल कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी गराउनुभयो । त्यस्तै पत्रकार अरुण कार्कीले मोबाइलबाट पत्रकारले गनुपर्ने र त्यसको व्यवहारिक रुपमा प्रयोगको गर्ने तरिकाको बारेमा प्रशिक्षण दिनुभएको छ ।

बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले छोटो भिडियो निर्माण तथा अन्तवार्ता लिदाँको वास्तविकता र व्यवहारिकताको वारेमा प्रशिक्षण दिनुभएको छ ।

पूर्वम्यागको अध्यक्ष बविता बस्नेत तथा म्यागको वर्तमान अध्यक्ष अनिता विन्दुले राष्ट्र र राष्ट्रियताको पक्ष तथा वास्तविकतालाई मिडियामा प्रयोग हुने शब्द छनौटलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पत्रकारीतामा लिङ्ग, भाषा, जात, धर्म, संसकृति, शक्ति लगायतको आधारमा विभेदपूर्ण कार्य गर्नु नहुनेमा जोड दिनुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com