चौका दाउको ‘मेरो माया कतारमा’ बोलको गीत रिलीज (भिडियो सहित)

कार्तिक १५, काठमाडौ ।  पुर्नेन्दु  झाले  निर्देशन गरेको फिल्म ‘चौका दाउ’को  ‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा श्रीपुरुष ढकालको शब्द , शम्भुजित बास्कोटाको संगीत रहेको छ । गीतलाई बास्कोटासँगै सुमन गुरुङले गाएका छन् ।

पौष २७ लाई रिलिज हुने  फिल्ममा सन्तोष पन्त , तैयव शाह , रविन्द्र झा, विल्सन विक्रम राई , वर्षा राउत लगायतका कलाकारहरु रहेको छन  ।

सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई शम्भुजितले निर्माण गरेका हुन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com