फ्राईडे रिलिज : दुई फिल्म ‘मालिका’ र ‘चङ्गा चेट

कार्तिक १६, काठमाडौ ।  फ्राईडे रिलिज अन्तर्गत आजबाट दुई फिल्म  चङ्गा चेट’ र ‘मालिका’  प्रदर्शनमा आएका छन्  ।

सानो गल्तीले जीवनमा पार्ने प्रभावको कथा ‘चङ्गा चेट’ले वाचन गरेको छ भने ‘मालिका’ले महिला सशक्तिकरणको मुद्धा उठाएको छ ।

‘चङ्गा चेट’
निर्देशक दीपेन्द्र के। खनालले ‘चङ्गा चेट’ निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय रहेको  छ ।

‘मालिका’ 
अभिनेत्री रेखा थापाले निर्देशन गरेकी मलिकामा नन-एक्टर कमला वली प्रमुख भूमिका रहेको छ । रेखा स्वयमको अभिनय भएपनि यसपटक उनले फिल्मको मूलकथा बोक्ने जिम्मेवारी अर्थात् नायकत्व वलीलाई सुम्पिएकी छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com