कला, संस्कृति, पर्यटन विकाससँगै दिगो विकासको लक्ष्य प्राप्तीका लागि सहकारी

कात्तिक १६, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाली कला, संस्कृति, पर्यटन विकाससँगै दिगो विकासको लक्ष्य प्राप्तीको लागि सहकारीको भूमिका मूख्य रहेको बताउनुभयो ।

बुधबार नागरिक बचत तथा ऋण सहकारी संस्थाको भवन उद्घाटन गर्दै सांसद बस्नेतले देशको आर्थिक विकासमा नागरिक बचत तथा ऋण सहकारीले योगदान पु¥याएको चर्चागर्दै पछिल्लो समय सहकारीले सदस्यलाई आत्मनिर्भर बनाउँन प्रभावकारी भुमिका खेलेको बताउँनु भयो । उहाँले नागरिक बचत तथा ऋण सहकारी संस्थाले उपत्यकाको नै अग्रही सहकारीमा पर्ने उल्लेख गर्दै सहकारीले आफ्ना सदस्यलाई स्वरोजगार बनाउँनसमेत त्यतिकै भूमिका खेलेको भन्दै सहकारीको प्रशंसा गर्नुभयो ।

त्यस्तै उहाँले सहकारीले स्थानिय स्तरमा गरेको आत्मानिर्भरमूखी कार्यले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो । सांसद बस्नेतले देशको आर्थिक वृद्धिदरलाई बढाउन सहकारीको महत्वपूर्ण भूमिका रहेको भन्दै सहकारीको माध्यमबाट नेपालमा करिव पाँच लाख भन्दा बढी नेपालीले रोजगारीको वातावरण सिर्जना भएको बताउनुभयो । उहाँले सहकारी आगामी दिनमा शहर केन्द्रित भन्दा पनि ग्रामिण इलाका केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

सहकारीले महिला, साना तथा मझौला उद्यमी लगायतलाई स्वरोजगार बन्न तथा आर्थिक उपार्जनको बाटोमा अघि बढ्नलाई उत्प्ररित गर्दै राष्ट्र निर्माणको बाटोमा अघि वढाएको बताउनुभयो । उहाँले आगामी दिनमा नागरिक बचत तथा ऋण सहकारी संस्थाले संस्थागत क्षमता विस्तार गरी अझ बढी जनतालाई सेवा तथा सुविधा दिने योजनाका साथ अघि बढ्नलाई आग्रह समेत गर्नुभयो ।

पूर्वउद्योग मन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा रहेका सम्पूर्ण संघसंस्था, स्थानीय जनताको साथ र सहयोगकै कारण भक्तपुरलाई विकसित र परिस्कृति बनाउने कार्य तिव्र गतिमा अघि बढेको बताउनुभयो । उहाँले भक्तपुरमा निर्माणको प्रकृयामा रहेका स्थानीय स्तरका तथा राष्ट्रिय गौरवका आयोजनाहरु सफल बनाउनु बर्तमान निर्वाचित जनप्रतिनिधि तथा सम्बन्धीत निकायको मुख्य जिम्मेवारी रहेको बताउनुभयो ।

सभागृह, रंगशाला, स्मार्ट सिटी, विर अस्पताल, प्राणी उद्यान, सुरुङ मार्ग लगायतका राष्ट्रिय गौरवका आयोजनाका साथमा सडक, बक्ति, सरसफाई, खानेपानी, सांस्कृतिक, धार्मिक, पर्यटकिय क्षेत्रको विकास नै अहिलेको आम भक्तपुरका जनताको चाहना भएको बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com