नेपाल बैंकले माग्यो करिब चार सय कर्मचारी (सूचीसहित)

कात्तिक १६, काठमाडौँ । नेपाल बैंक लिमिटेडले सालतै प्रदेशमा दरखास्त आह्वान गरेको छ ।

बैंककाअनुसार सहायक प्रबन्धकमा खुला, महिलालगायत ७८ जनाको पद रिक्त रहेको जनाएको छ भने सहायक प्रबन्धक (आईटी)मा दुई जनाको दरखास्त आह्वान गरिएको छ ।

बैंकले सहायक पदका लागि प्रदेश एकबाट ४१ जनाको दरखास्त आह्वान गरेको छ । सहायक प्रबन्धकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने जनाइएको छ । कनिष्ठ सहायक पदमा नौ जनाको माग गरेको छ ।

प्रदेश दुईमा ५१ जना सहायक र नौ जना कनिष्ठ सहायकको माग छ । प्रदेश ३ मा ५८ सहायक र १५ कनिष्ठ सहायक माग गरिएको छ । गण्डकी प्रदेशमा ३४ सहायक र पाँच कनिष्ठ सहायकको माग गरिएको छ ।

बैंकले प्रदेश पाँचमा ३४ सहायक र ५ कनिष्ठ सहायकमाग गरेको छ । कर्णाली प्रदेशमा २० सहायक र तीन कनिष्ठ सहायकको माग गरिएको छ । सुदूरपश्चिम प्रदेशमा पनि २० सहायक र तीन कनिष्ठ सहायक माग गरिएको छ ।

दरखास्त कार्तिक १६ गतेदेखि मंसिर ६ गतेसम्म दिन सकिने छ । त्यस्तै दरखास्त अनलाइमार्फत समेत दरखास्त दिन सकिने छ । अनलाइनबाट दरखास्त दिँदा आफूले चाहेको प्रदेश राख्न सकिने बैंकले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com