गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समयमै सक्नुस् : अध्यक्ष प्रचण्ड
कात्तिक १७, बुटवल । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिनुपर्ने बताएका छन् ।
बुटवलमानेकपाले आयोजना गरेको कार्यक्रममा सहभागि हुदै भैरहवा बिमानस्थलमा पत्रकारहरुसँग भने उनले ‘निर्माण समयमै सक्नुस्, यसमा हामी सबैको चासो छु भन्दै बिकास निर्माणमा राजनीति नगर्न समेत अनुरोध गरेका छन ।
उक्त विमानस्थलको ५५ प्रतिशत काम सकिएको छ । आगामी सन् २०१९ को अगष्टबाट विमानस्थलको सबै निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने जनाएको छ ।