प्रहरीको गुनासो : ‘विचौलियाको कारण पनि प्रहरी वदनाम’

कात्तिक १७, काठमाडौँ । पीडितलाई सहयोग र पीडकलाई वचाउ गर्ने निहुँमा विचौलियाले प्रहरी संगठनलाई नै वद्नाम गरिरहेको प्रहरी अधिकारीले बताएका छन् ।

सामुदायीक सेवा तथा विकास समाज केन्द्र र सामुदायीक प्रहरी सेवा केन्द्र कोटेश्वरले शनिबार आयोजना गरेको शान्ति सुरक्षा विषयक अन्तरकृया कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द राज काफ्लेले यस्ता विचौलियको कारण प्रहरी संगठन वदनाम हुन परिरहेको बताका हुन ।

समाजमा शान्ति सुरक्षा र अमनचैन कायम गर्न र राम्रो काम गर्न अहोरात्र खट्ने प्रहरी पछिल्लो समय यस्ता केही विचौलियाको कारण वद्नाम हुन परेको उनले गुनासो गरे ।

उता पीडितलाई न्याय दिलाईदिन्छु भन्ने, यता पीडकलाई बचाइदिन्छु भनेर दोहोरो चरित्र देखाउने तिनै विचौलियाले प्रहरीलाई वदनाम गराउने मात्रै नभई नराम्ररी फसाउने गरेको नायव उपरिक्षक काफ्लेले गुनासो गर्नुभयो ।

चाडपर्वको मौका पारेर हुनसक्ने संभावित चोरी, लगायतका अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरी सचेत र सक्रिय रहेको बताउँदै नायव उपरिक्षक काफ्लेले सरकारले हालैदेखि शुरु गरेको समुदाय—प्रहरी साझेदारी कार्यक्रम सफल पार्न पनि सबैसँग आग्रह गर्नुभयो ।

आयोजक केन्द्रकी अध्यक्ष श्रीमती मन्सुरी मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका ३२ नंका वडा सदस्य राजेन्द्र न्यौपाने, कोटेश्वर समाज सुधार युवा क्लवका अध्यक्ष सुवास रिमाल, कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समितिका वैजहरि भट्टराईले बोल्नुभएको थियो ।

यसै गरि कोटदेवी—विद्यानगर टोल सुधार समितिका अध्यक्ष नवराज केसी, उपाध्यक्ष पद्मकुमार रेग्मी, सहयोगीनगर टोल सुधार समितिका अध्यक्ष भिमप्रसाद गौतम, दोभान टोल सुधार समितिका अध्यक्ष चेतबहादुर थापा, सुर्यकोट समाज सुधार समितिका सचिव नारायण गिरी, नरेफाँट प्रहरी प्रभाग निर्माण समितिका संयोजक सार्कीमान लामालगायत विभिन्न टोल सुधार समितिका पदाधिकारी तथा टोेल—टोलमा प्रहरी अभियानका संयोजकहरुलेभित्री सडकमा भएका ट्राफिक अस्तव्यस्तताबारे प्रहरीले ध्यान दिनुपर्ने र टोलमा हुने घटनामा प्रहरीे सकृयता बढाउन माग गर्नुभएको थियो ।

कार्यक्रममा झापाको अर्जुनधारा स्थित च्यारिटी युथ क्लवले गत असोजमा सञ्चालन गरेको दोस्रो खुदुनावारी गोल्डकप फुटबलको लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने सरस्वती क्लवलाई सम्मान गरिएको थियो ।

च्यारिटी युथ क्लवले पठाएको सम्मानपत्र प्रहरी नायव उपरिक्षक काफ्लेलेसरस्वती क्लवका अध्यक्ष तथा एन्फाका उपाध्यक्ष शिक्षित पराजुलीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com