धार्मिक तथा पर्यटकीय कालीञ्चोकमा आजबाट केबुलकार सञ्चालन

कात्तिक १७, जिरी । दोलखाको धार्मिक तथा पर्यटकीय कालीञ्चोकमा आजबाट  केवलकार सञ्चालनमा आएको छ ।

आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको केबुलकार कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

केबलकारमा यात्रुलाई प्रतिव्यक्ति पाँच सय शुल्क लिएर सेवा प्रदान गरिने कालीञ्चोक दर्शन लिमिटेडले जनाएको छ  ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com