प्रम ओलीको सपना पुरा : रेलको परिक्षण, मंसिरदेखि नियमित रुपमा चल्ने

कात्तिक १९, विराटनगर । प्रधानमन्त्री केपी ओलीको सपनालाई साकार पार्दै भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज परिक्षणको रुपमा रेल आइपुगेसँगै आगामी मंसिर २६ गतेदेदि नियमित रुपमा रेल सञ्चालनमा आउने भएको छ ।

रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै ३.३ किलोमिटरसम्म विस्तार र परीक्षण गर्ने क्रममा रेल बुधनगर ल्याइएको हो । परीक्षणका क्रममा आज रेलको इञ्जिनको डिब्बा ल्याइएको हो ।

आगामी मंसिरदेखि चल्ने सो मार्गका चल्ने रेल यात्रुवाहक नभई कच्चा पदार्थ ढुवानी गर्न सहजताका लागि व्यापारी व्यवसायीले प्रयोग गरिने भएको छ ।

रेल्वे निर्माण कम्पनी इन्कोरका असिस्टेन्ट मेनेजर रणवीर कुमारका अनुसार आगामी पुससम्ममा रेल्वे निर्माणको काम सम्पन्न गर्नुपर्ने सीमा भएपनि नेपालतर्फ भएको जग्गा मुआब्जा विवादका कारण १८ किलोमिटरमै काम नसकिने देखिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com