समृद्ध र विकसित भक्तपुर : तिव्र सडक बिकास

कात्तिक १९, भक्तपुर । समृद्ध र विकसित भक्तपुर बनाउने संकल्पका साथ जनप्रतिनिधि विकासमा रातदिन खटेसँगै सडक सञ्जालमा अब्बल हुँदै गएको छ ।

राष्ट्रिय गौरवका आयोजना होस् या अन्य साना तथा ठूला आयोजनाहरु होस्, जनताको चाहना अनुसार जनप्रतिनिधिहरु आयोजना सफल बनाउन एक जुट भई निरन्तर खबरदारी तथा अनुगमनलाई तिव्रता दिइरहेका छन् ।

साना तथा ठूला गरी भक्तपुरमा मात्र हाल करिव १०७ वटा आयोजनाहरु अघि बढिरहेका छन् । जसमा कतिपय निर्माण सम्पन्न भइसकेका छन् भने केहि निर्माण भइरहेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको प्रकृयामा अघि बढिरहेका छन् । जसमध्येको एक मुख्य आयोजना सडक हो ।

सडक निर्माण भइरहेका र प्रकृयामा अघि बढेका आयोजनाहरुमा सूर्यविनायकदेखि धुलीखेलसम्म जापान सरकारको सहयोगमा चौडाई बृद्धि गर्ने कार्य आगामी एक/दुई महिनामा नै शुरु हुने भएको छ । त्यस्तै निर्माण भइरहेका र प्रकृयामा रहेका सडकहरुमा सडक डिभिजन कार्यालय अन्तर्गत रहेका :

  •  जगातीदेखी घ्याम्पेडाँडासम्म १४ मिटरको पाँच किमि,
  • सूर्यविनायक चोक – सूनपा मन्दिर – कृष्ण मन्दिर – राष्ट्रिय प्राणी उद्यानको चक्रपथबाट लिखानारायण हुँदै खहरेसम्म १४ मि.को चार किमि,
  • सिर्जनानगर – दधिकोट – लुभुसम्म ११ मि.को छ किमि,
  • तर्खगाल चोक – अनन्तलिङ्गसम्म १४ मि.को २.५ किमि,
  • मध्यपुर थिमी नगरपालिका वडा नं. ९ को भगवती कुण्डल मार्ग ८ मि.को २ं५ किमि,
  • शंखरधर चोक – दक्षिणबाराही हिन्चोक – गाम्चा – तरगाल १० मि.को पाँच किमि,
  • कैशलटार – विरुवा ११ मि.को पाँच किमि,
  • बालकोट चोक – थिमी चारदोबाटो (भिआइपी मार्ग) ८ मि.को २.५ किमि

त्यस्तै डोलीडार अन्तर्गत रहेका (कृषि सडकहरुमा)

  • मध्यपुर थिमी ट्रस पुल – गणेश प्राथामिक विद्यालय – बालकोटको सूर्यचोक ८ मि.को २.५ किमि,
  • गोदावरी खोला – महेन्द्र शान्ति – चित्रपुर – गाम्चा चोक – सिकारी टार – तर्खगाल – कृष्ण मन्दिर – अनन्तलिङ्गेश्वर मन्दिर – खड्का गाउँ – कालिकाडाँडा – घ्याम्पेडाँडा – रानीकोट १० मि.को ११ किमि लगायतका रहेका छन् ।

उक्त १० वटै सडक आयोजनाहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा सम्बन्धीत निकायहरु सहितको टोलीले स्थलगत अध्ययन गरेको हो ।

अध्ययनका क्रममा सांसद बस्नेतले निर्माण प्रकृया अघि बढेकालाई निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रकृया अघि बढ्न बाँकीलाई यथाक्दो चाँडो निर्माण कार्य अघि बढाउनु पर्ने बताउनुभयो । जिम्मा लिने अनि समयमा काम सम्पन्न नगरी आलटा गर्ने निर्माण कम्पनीलाई कानुनी दायरामा ल्याई कारवाही गरिने समेत बताउनुभयो ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकास निर्माणका कार्यमा आउने समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै विकास निर्माणका क्रममा कसैले बाधा अवरोध, ढिलासुस्ती तथा हेलचेक्र्याई गरेमा प्रशासनले तुरुन्तै कारवाही गर्ने बताउनुभयो ।

सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन इन्जिनियर बेलबहादुर भुजेलले सडक तथा अन्य विकास निर्माणका प्रकृयामा आउने समस्या स्थानीय जनप्रतिनिधिले समाधान गरिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सांसद बस्नेतको नेतृत्वमा प्रदेश नं. ३ का प्रदेश सांसद शसीजंग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, सिडिओ भट्ट, डिई भुजेल, डोलीका डिई रामचन्द्र श्रेष्ठ, भक्तपुर प्रहरी प्रमुख एपी हिमालय कुमार श्रेष्ठ, उपत्यका विकास प्राधिकरण प्रमुख दिनेशराम कोते, उपत्यका प्राधिकरण इन्जिनियर महेश्वर शर्मा, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com