मुन्द्रेको कमेडी क्लब : आजबाट नेपाल टेलिभिजनमा

कार्तिक १९, काठमाडौ । आज सोमबारबाट नेपाल टेलिभिजनमा हास्यकलाकार जितु नेपाललले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ सुरु हुने भएको छ ।

कार्यक्रमको औपचारिक घोषणामा पत्रकारहरुसग कुरा गर्दै नेपाली कलाकारले नेपाली शैलीमा रमाइलो गरेर मनोरञ्जन दिनेमा ढुक्क भएको बताएका छन  ।

मुन्द्रेको कमेडी शोको अहिलेसम्म ५ वटा भाग तयार भइसकेको छ । प्रति भाग ७ लाख रुपैयाँको लागतमा तयार भएको मुन्द्रेको कमेडी शोमा दिपाश्री निरौला अध्यक्षको रुपमा प्रस्तुत भएकी छन् भने राजाराम  पौडेल लगायतका कलाकारहरुले जीतु नेपाललाई साथ दिएका छन् ।

 सोमबार राती ८ः५० बजेबाट नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रममा राजाराम पौड्याल र दिपाश्री निरौला, राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकीआमा’ लगायतका कलाकारहरुको आकर्षक प्रस्तुति रहने छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com