पार्टीका दुवै अध्यक्षबीच सहमति र सल्लाहअनुसार नै काम भइरहेको छ : अध्यक्ष प्रचण्ड

कार्तिक १९, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका दुवै अध्यक्षबीच सहमति र सल्लाह अनुसार नै काम भइरहेको बताएका छन ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिलाइ भएको नभइ यसका लागि बनेको कार्यदलको सुझाव अनुसारनै पार्टी अघि बढ्ने भएकाले केही ढिलो भएको पार्टीका दुवै अध्यक्षबीच सहमति र सल्लाहअनुसार नै काम भइरहेको जानकारी दिएका हुन ।

अध्यक्ष प्रचण्डले पार्टीमा भोलि आउन सक्ने समस्यालाई अहिलेनै निराकरण गर्ने उद्देश्यले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com