फ्रान्सबाट अलग हुने न्यू क्यालेडोनियाको प्रस्ताव अस्वीकृत

कार्तिक १९, एजेंसी । फ्रान्सबाट अलग हुने न्यू क्यालेडोनियाको प्रस्ताव अस्वीकृत भएको  छ ।

बीबीसीका अनुसार फ्रान्समा रहिरहने वा स्वतन्त्र हुने भन्ने विषयमा जनमतसंग्रह भएको थियो । ८१ प्रतिशत मतदान हुँदा ५९.५ प्रतिशत मानिसहरूले फ्रान्समै रहने पक्षमा मत गरेको  जनाएको छ ।

करिब १ लाख ७५ हजार मतदाता रहेको न्यू क्यालेडोनियामा कानाक आदिवासीको संख्या  (३९.१ प्रतिशत) रहेकाले सो क्षेत्रमा स्वतन्त्रता पक्षधरको हार हुने अनुमान पहिलै गरिएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com