श्रीलंकाली राष्ट्रपतिद्वारा घोषणा : संसदको बैठक नोभेम्बरमा हुने

कार्तिक १९, एजेंसी ।  श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेका छन् ।

बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।

 युएनपी समर्थकहरुले अन्तर्राष्ट्रिय र स्थानीय दबाब बढ्दै गएपछि बाध्य भएर संसदको बैठक बोलाएको दाबी गरेका छन् ।

राष्ट्रपति सिरिसेनाले संसदीय कारबाही स्थगित गर्नुका साथै प्रधानमन्त्री विक्रमासिङ्घेलाई पदबाट हटाई पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com