स्मार्ट लाईसेन्समा बेथिति : सरकारको मेसिन थन्क्याएर निजीलाई जिम्मा

सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाईसेन्समा स्तरोन्नति गर्यो । आजको कारोवार दैनिकमा यो खबर छ ।

सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो। तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन नहुँदा हालसम्म पनि ट्रायल पास गरेको १७ महिनासम्म स्मार्ट लाइसेन्स लिनका लागि कुर्नुपर्ने अवस्था छ ।

यस्तो समस्या समाधान गर्ने भन्दै सरकारले स्मार्ट लाइसेन्सको प्राविधिक पक्षलाई लत्याएर निजी कम्पनीलाई स्मार्ट कार्ड प्रिन्टिङको जिम्मा लगाएको छ ।

यातायात विभागले लेजर प्रिन्टर खोपेर लेखिनेमार्फत स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ । तर, गत असोज २९ मा सरकाले निजी कम्पनी मालिका इन्कर्पोरेट प्रालिलाई थर्मल प्रिन्टिङ सामान्य लेखाइ विधिबाट पाँच लाख कार्ड ४५ दिनभित्र प्रिन्ट गर्ने गरी सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार मालिकाले कात्तिक ४ देखि कार्ड प्रिन्ट गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com