तीनवटा राप्रपा एकता तिहारपछि हुने

कात्तिक २०, काठमाडौँ । राप्रपा, राप्रपा प्रजान्त्रिक र एकीकृत राप्रपाका अध्यक्षबीच तिहार पछाडि एकता गर्ने गरी छलफलमा जुटेका छन् ।

राप्रपा प्रजातान्त्रिकको आइतबार बसेको बैठकले पार्टी एकताबारे निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष पशुपतिशमशेर राणालाई दिएको छ । राप्रपाले यसअघि नै अध्यक्ष कमल थापालाई एकताको जिम्मा दिइसकेको छ ।

पटकपटक विभाजित हुँदै आएका राप्रपा धारका दल पछिल्लो समय राष्ट्रिय राजनीतिमा प्रभावशून्य बनेपछि पुनः एकतामा जुटेका हुन् । बलियो राष्ट्रवादी लोकतान्त्रिक शक्ति निर्माणका लागि पनि राप्रपाबीच एकता अनिवार्य रहेको तीनै राप्रपाको निष्कर्ष रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com