नेपाली मुलका भण्डारी अमेरिकाको प्रतिनिधि सभा चुनावमा विजयी

कात्तिक २१, अमेरीका । नेपाली मुलका ह्यारी भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधिसभा सदस्यमा निर्वाचत हुनुभएको छ ।

मेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी हुनुभएको छ । भण्डारी नेपाली मूलबाट अमेरिकामा राष्ट्रिय राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा विजय हुने पहिलो उम्मेदवार हुनुभएको हो ।

गत जुन महिनामा सम्पन्न प्रथम चरणको चुनावमा चारजना प्रतिस्पर्धी एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रो र कार्लज्याक्स तेश्रो स्थानमा विजयी भएका थिए । प्राथमिक चरणको चुनावमा २० हजार ७ सय २६ खसेको मत मध्ये भण्डारीले २८.१ प्रतिशत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए । त्यस चुनाव क्षेत्रको जिल्ला ८ मा रिपब्लिकन दलका उम्मेदवारले पाएको मत हेर्ने हो भने डेमोक्र्याटिकक उम्मेदवारको तुलनामा प्राथमिक चुनावमा कम मत पाएको आँकडाले देखाएको थियो ।

नेपालको पर्वत जिल्लाबासी उहाँ सन् २००५ मा अमेरिका प्रवेश गर्नुभएको थियो । भण्डारी नेपालमा अंग्रेजी भाषाका प्रध्यापक हुनुहुन्थ्यो त्यस्तै उहाँ अमेरिका गएपछि पनि भण्डारी शिक्षण पेशामै संलग्न रहनुभएको थियो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com