भाटभटेनी सुपरमार्केटलाई दूधजन्य खाद्यवस्तु बिक्री गर्न रोक

कात्तिक २१, काठमाडौँ । सरकारले भाटभटेनी सुपरमार्केटलाई दूधजन्य खाद्यवस्तु विक्री वितरणमा रोक लगाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगञ्जमा रहेको भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दूधजन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो । परीक्षणमा दूधजन्य वस्तु गुणस्तरहीन पाइएको थियो ।

विभागले बुधबार तीन वटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगञ्जस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो । अनुगमनका क्रममा तीन वटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com