८४ करोडको लागतमा १२ वटा पुल बन्दै

नवलपरासी पूर्व (नवलपुरका) विभिन्न स्थानमा गरि झण्डै ८४ करोड रुपैयाँको लागतमा १२ वटा पुल निर्माण भइरहेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

डिभिजन सडक कार्यालय बुटवलको मातहतमा नवलपुका विभिन्न १२ स्थानमा पुल निर्माण भइरहेको हो ।

देवचुली, कावासोती, मध्यविन्दू नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न खोलाहरुमा धमाधम पुलहरु निर्माण भइरहेका छन् । डिभिजन सडक कार्यालय बुटवलका सब इन्जिनियर नवीन पाण्डेका अनुसार कावासोती नगरपालिकामा मात्रै ६ वटा पुल निर्माण भइरहेका छन् । कावासोतीको केरु खोलाका विभिन्न ३ स्थानमा पुल निर्माण भइरहेका छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com